बलियो नेपाल कपमा स्टार क्रिकेट एकेडेमी च्याम्पियन
पाेखरा | चैत २७, २०७९
पोखरा: बलियो नेपाल कपमा– अन्तर एकेडेमी टि –२० क्रिकेट प्रतियोगितामा स्टार क्रिकेट एकेडेमी च्याम्पियन बनेको छ ।
पोखरा रङ्गशालामा आज (सोमबार) भएको फाइनल खेलमा कर्णाली एकेडेमीलाई ७ विकेटले हराउँदै बलियो नेपाल कप २०२३ को उपाधि स्टार क्रिकेट एकेडेमीले जितेको हो ।
उपाधिसँगै स्टार क्रिकेट एकेडेमीले नगद रु ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको कर्णाली एकेडेमीले नगद रु २५ हजार हात पार्याे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले १९.१ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै केवल ७२ रनको बनाउन सफल रह्यो ।
कर्णालीका बिराट भण्डारीले २७ बल खेली सर्वाधिक १५ रन बनाए । रोशनले व्यक्तिगत १० रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । स्टारका लागि सुमित पराजुलीले आफ्नो व्यक्तिगत ४ ओभरमा १७ रन खर्चिंदै ३ विकेट लिन सफल भए ।
त्यस्तै शुभम खनालले २ तथा कप्तान अम मिश्र, निर्मल गुरुङ र महेश भरले समान १ विकेट लिए। ७३ रनको लक्ष्य पक्ष्याउंदै जवाफी ब्याटिङ गरेको स्टार क्रिकेट एकेडेमीले उक्त लक्ष्य केबल ९.५ ओवर खेली ३ विकेट गुमाउंदै पुरा गर्यो। स्टारका लागि ओपनर अनमोलले ३० बलमा २५ रन बनाए भने कप्तान अमर मिश्रले केबल ९ बलमा २२ रन बनाए ।
विशालले ८ रन र अंकितले अविजित १५ रन बनाए । स्टारका लागि बिक्रम सिंहले चौका प्रहार गर्दै खेलमा जित निकाल्न सफल रहे। बलिङ तर्फ भने कर्णालीका सन्दिप ठकुरी, भरत क्षेत्री र आदित्य शाहले समान १–१ विकेट लिन सफल रहे । फाईनल खेलको प्लेयर अफ द म्याच स्टार क्रिकेट एकेडेमीका सुमित अर्याल चुनिए ।
यस्तै प्रतियोगिताको उत्कृष्ट बलर पोखरा क्रिकेट एकेडेमीका प्रदीप अर्याल, उत्कृष्ट ब्याटस्म्यान, विराट सिंह भण्डारी, र प्लेयर अफ द सिरिज स्टार क्रिकेट एकेडेमीका कप्तान अमर मिश्र पुरस्कृत भए ।
विजेता तथा उपविजेता टोलीलाई सांसद सोविता भण्डारी लगायतले पुरस्कार वितरण गरेकी थिइन् ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

